
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विभिन्न् संकायमा ८ जना डीन नियुक्त भएका छन् ।
विश्यविद्यालयले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो । शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले उनीहरूलाई नियुक्त गरेको हो । नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ ।
मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन । त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा। किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा। ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशिल बहादुर ब्रर्जाचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डीन नियुक्त भएका हुन् ।
यस्तै योजना निर्देशनालयका निर्देशकमा डा। लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा। राजेन्द्र कुँवर र व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मिनाराज भण्डारी नियुक्त भएका छन् ।
केही दिनअघि मात्रै कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डीन नियुक्त गर्न निर्देशन दिएका थिए ।