काठमाडौँ — काठमाडौं इङ्लिस स्कुल, नक्सालले शैक्षिक सत्र २०८३ को सुरुवातसँगै शिक्षक-शिक्षिकाहरूका लागि एकदिने अभिमुखीकरण तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिम रोयल भिल्ला रिसोर्ट, शिवपुरीमा आयोजना गरिएको थियो।
विद्यालयका अध्यक्ष ईश्वर पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्कुलका प्र.अ. दिनेश खतिवडा, डाइरेक्टर विष्णु पराजुली, एचआर हेड महेश थापा, प्रि–प्राइमरी इन्चार्ज सुनिता घोस तथा भाइस प्रिन्सिपल प्रविन भण्डारीलगायतले फरक–फरक विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रमको सुरुवातमा विद्यालयका सल्लाहकार प्रल्हाद दाहालले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै तालिमको उद्देश्य र यसको आवश्यकता माथि प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन एजुकेशन हेड मेघराज बजगाईंले गरेका थिए। एकदिने तालिममा विद्यालयका ३२ जना शिक्षक-शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो।
तालिममा आधुनिक शिक्षण विधि, कक्षाकोठामा प्रविधिको प्रयोग, विद्यार्थी केन्द्रित सिकाइ, आधुनिक शिक्षा, मूल्यांकन प्रणाली तथा व्यवहारिक शिक्षणजस्ता विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागी शिक्षकहरूले समूहगत अभ्यास, प्रस्तुति र अनुभव आदान प्रदानमार्फत सिकाइलाई अझ व्यवहारिक बनाएका थिए।
प्र.अ. दिनेश खतिवडाले विद्यालयले आधुनिक इन्फ्रास्ट्रक्चर, मल्टिमिडिया प्रविधि, आईटी, ECA/CCA तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै “संस्कार सहितको शिक्षा” भन्ने नाराका साथ अघि बढिरहेको जानकारी दिए। त्यस्तै सहायक प्राचार्य भण्डारीले सर्वसुलभ शुल्कमै गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्य रहेको कुरा बताए । डाइरेक्टर पराजुलीले यस्ता तालिमले
शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै विद्यालयमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे भने याचआर हेड महेश थापाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै विद्यालयलाई देशकै नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।
कार्यक्रमको अन्त्यमा आफ्नो भनाई राख्दै अध्यक्ष पुडासैनीले सहभागी शिक्षक–शिक्षिकाहरूले तालिमलाई उपयोगी र ज्ञानवर्धक भएको र विद्यालयले आगामी दिनमा समेत यस्ता क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने, समयअनुसार नवीन प्रविधि अपनाउँदै पूर्ण सुविधायुक्त शिक्षण वातावरण निर्माणमा विद्यालय प्रतिबद्ध रहेको कुरा बताए।