काठमाडौँ । पछिल्लो समय एन.आइ.सी एसियालाई लिएर धेरै मिडियाहरूमा धेरै किसिमका समाचारहरू प्रकाशित भए । बैङ्क डुब्नै लाग्यो भन्नेसम्मका खबरहरू पनि छ्यापछ्याप्ती पढ्न पाइयो । अन्ततः विभिन्न खबरहरूका बिचमा राष्ट्र बैङ्कले विज्ञप्ति नै निकालेर बाहिरी हल्ला जस्तो नेपालको बैङ्किङ सिस्टममा कुनै समस्या नरहेको बताए पछि समाचारको सङ्ख्या पनि घट्दै गयो ।
तर यस समाचार र खबरहरूका बिचमा एन.आइ.सी एसियाका कर्मचारीहरूको अवस्था कस्तो थियो ? र पूर्व कर्मचारीहरू के भन्छन् बैङ्कहरू प्रति ?
हामीले बैङ्कको ब्यालेन्स सिट भन्दा बैङ्कले आफ्नो कर्मचारीहरू सँग गरेको व्यवहारको बारेमा अनुसन्धान गरेका थियौँ । हाल कार्यरत कर्माचरीहरु केही बोल्न नमाने पनि पूर्व कर्मचारीहरूले भने खुलेरै एन आइ सिको बारेमा बताएका छन् । नेपालमा बढ्दो बेरोजगार फाइदा उठाउँदै एनआईसी एसिया बैङ्कले कर्मचारीलाई निकै तनावमा काम गराउने गरेको छ । आफ्नो कर्मचारीको कामको अवमूल्यन गर्दै बैङ्कले अनेक तनाव दिने र काम छोड्न बाध्य पार्ने गरेको छ ।
कुनै समय आफूलाई वाणिज्य बैङ्कहरूमध्ये अब्बल देखाउन आक्रामक रूपमा शाखा विस्तार गर्दै सोही रफ्तारमा कर्मचारी भर्ना गरेको ढोँग गर्ने एनआईसी बैङ्कले यति बेला तिनै कर्मचारीमाथि श्रमको शोषण गरेको छ ।
सहज अवस्थामा तिनै कर्मचारीलाई कार्यालय समयपछि पनि घन्टौसम्म काम लगाएर अर्बौँ मुनाफा कमाएको एनआइसी एसिया बैङ्कले परिस्थिति अप्ठ्यारो हुँदै गएपछि आफ्ना कर्मचारीको रोजीरोटी खोसिनेगरि बेरोजगार बनाएको छ ।
हालसालै क्रेडिट डिपार्टमेन्टबाट लेन रकभर गर्ने डिपार्टमेन्टमा ट्रान्सफर गराएर आफूले जानेको भन्दा पनि गुन्डागर्दी गर्न पठाएको र विभिन्न लोन लिएका व्यक्तिहरूबाट व्यक्तिगत समस्याहरू पनि निम्तिएको कारण हतार हतार देश छोडेर जान बाध्य परेको बैङ्कका एक पूर्व कर्मचारीले बताएका छन् । उनको ब्रान्च म्यानेजरलाई पनि बैङ्कले विभिन्न यातना दिएर १० वर्षीय बैङ्किङ करियर छोडेर विद्यार्थी भिसामा बाध्यात्मक अवस्थामा बेलायत जानु पर्यो । हाल उनी बेलायतमा बेरोजगार रहेका छन् । १० वर्षको मिहिनेत र समर्पणका बाबजुद बैङ्कले यातना दिएर ट्रान्सफर गर्न लगाएको कारण उनले एन आइ सी एसिया छोड्न पर्यो ।
कर्मचारी धेरै भएको बाहानबाजी गर्दै देशमै अब्बल मानिने बैङ्कको जागिर खाएर बसेका कर्मचारी पलाएन हुने सम्भावना झन् धेरै धेरै बढ्दै गएको छ । सुदूरपश्चिमको ब्रान्चहरूमा कर्मचारी माथि धेरै श्रम शोषण हुने गरेको हाल बेलायतमा रहेकी एन आइ सी बैङ्कका पूर्व कर्मचारीले बताइन् ।
आफ्नो कर्मचारी गर्भवती भएको थाहा पाएपछि बैङ्कले साथ दिनुपर्ने अवस्थामा ट्रान्सफर गरेर नियोजित ढङ्गले जागिर छोड्न लगाएको प्रमाण आइ विट्नेशबाटै प्राप्त भएको छ ।
देशका नै केही गर्छु भनेर बि.बि.ए र एम.बि.ए मा पढ्दै बैङ्किङ पेशाालाई कसरी सबल भन्न सकिन्छ । एन.आइ.सी एसियाको यस हरकतले सम्पूर्ण बैङ्किङ पेशाा माथि प्रश्न उठाएको छ । यसै त देश खोकलो हुँदै गर्दा सबल क्षेत्र मानिने बैङ्किङ सिस्टममै यस्तो नकारात्मकता देखिनु कसको गल्ती, सरकार, बैङ्क वा जागिर नपाएर श्रम शोषण हुने कर्मचारीको ?
उनकाअनुसार्र एन अइ सी बैङ्कले कर्मचारी बिरामी भएर हस्टििलाइज हुँदासम्म पनि कुनै मानवताको ख्यालै नगरी छिटो छिटो हात चलाउनभन्दै काम गर्न मजबुर गराउँथ्यो ।
(यो लेख एनआइसी एसियाको सुदूरपश्चिम ब्रान्चबाट काम छोड्न बाध्य भएर भर्खरै विदेश पुगेकी एक पूर्व महिला कर्मचारीले पेस गरेको सबुत प्रमाणका आधारमा तयार पारिएको हो । )