प्रोलिफिकको मैदानमा साइपालले तेस्रो स्थान हासिल गर्दै चम्कियो

प्रोलिफिकको मैदानमा साइपालले तेस्रो स्थान हासिल गर्दै चम्कियो

काठमाडौं । “खेलकुद सबैका लागि, स्वास्थ्यका लागि” भन्ने उद्देश्यका साथ आयोजना गरिएको दोस्रो अन्तरकलेज फुट्सल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। मङ्सिर २९ र ३० गते सम्पन्न भएको यो प्रतियोगितामा काठमाडौंका १६ प्रतिष्ठित कलेजले उत्साहजनक सहभागिता जनाएका थिए।

प्रतियोगिताको उपाधि एमआइटीएम कलेजले जित्न सफल भयो भने पासाङ लामु कलेज उपविजेता र साइपाल कलेज तेस्रो स्थानमा रह्यो। खेल प्रोलिफिक कलेज स्कुलको आफ्नै फुट्सल मैदानमा आयोजना गरिएको थियो।

विद्यालयका सञ्चालक श्री गोपाल बहादुर महतका अनुसार यस्तो प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्दै उनीहरूलाई प्रोत्साहित मात्र गर्दैन, हरेक वर्ष विद्यालयमा हुने अन्तरविद्यालय र एसईई कपजस्ता खेलकुद कार्यक्रमहरूलाई थप बल प्रदान गर्दछ।

प्रतियोगिताको संयोजन विद्यालयका सक्रिय शिक्षक सरोज न्यौपानेले गरेका थिए। खेललाई रियाक्सन नेपाल एजुकेसनल कन्सल्टेन्सी र ब्रान्च अफिस सुकेधाराले विशेष रूपमा सहयोग गरेका थिए।

पत्रकार बसन्तराज रिजालको प्रेरणादायी मन्तव्य

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि पत्रकार एवं कलाकार बसन्तराज रिजालले यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, “आजका यी विद्यार्थी भोलिका राष्ट्रिय खेलाडी हुन्। स्कुलले यस किसिमको कार्यक्रम आयोजना गरेर विद्यार्थीलाई अवसर प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छु। यस्तो प्रतियोगिताले खेलकुद क्षेत्रलाई नयाँ आयाम दिन्छ।”

उनले यस्ता गतिविधिहरूले खेलप्रेमी विद्यार्थीहरूलाई प्लेटफर्म उपलब्ध गराउनुका साथै खेलकुदलाई करियरको रूपमा हेर्न प्रेरणा मिल्ने धारणा पनि राखे।

खेलकुदमार्फत शारीरिक र मानसिक स्वास्थ्यको प्रवर्द्धन

दोस्रो अन्तरकलेज फुट्सल प्रतियोगिता आयोजना गरेर प्रोलिफिक कलेज स्कुलले खेलकुदलाई शारीरिक र मानसिक स्वास्थ्यसँग जोड्दै विद्यार्थीहरूको क्षमता विकासमा ध्यान दिएको छ। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

विजेता टोलीका लागि पुरस्कार वितरण

प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कार र प्रमाणपत्र प्रदान गरियो। कार्यक्रममा सहभागिता जनाउने सबै कलेजका विद्यार्थीहरूले खेलको मज्जा मात्र होइन, स्वस्थ प्रतिस्पर्धाको भावना पनि अनुभव गरे।

खेलकुदका यस्ता प्रतियोगिताले विद्यार्थीलाई भविष्यका लागि तयार गर्दै नेपालको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।

खबरपाटी
खबरपाटी