काठमाडौं, । सन् २००२ मा स्थापना भएको साइपाल एकेडेमीले नेपालको शैक्षिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको छ। विशेष गरी नेपाल परिक्षा बोर्ड र क्याम्ब्रिज ए–लेभल्स कार्यक्रममा शतप्रतिशत नतिजा हासिल गर्दै आएको यो एकेडेमीले एक पटक विश्व टपर र १३ पटक नेपाल टपर उत्पादन गरेको छ। अन्तर्राष्ट्रिय शिक्षण अभ्यास, व्यावहारिक शिक्षा, विभिन्न नवीन दृष्टिकोण, उत्कृष्ट नतिजा र निरन्तर प्रयासमा जोड दिँदै साइपालले विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ। अनुशासन कायम गर्नका लागि फरक शैली अपनाउँदै जीवनका पाठ सिकाउने, जिम्मेवारी बोध गराउने, योग र ध्यान सिकाउने, मनोवैज्ञानिक काउन्सिलिङ र मनोसामाजिक गतिविधिमा ध्यान दिने यो एकेडेमीले विद्यार्थीहरूलाई औद्योगिक रूपमा तयार गर्न पनि विशेष जोड दिएको छ। खबरपटि मिडियाले प्रिन्सिपल गणेश जोशीसँग विशेष अन्तर्वार्ता लिएको छ। प्रस्तुत छ, उनीसँग भएको कुराकानीको सम्पादित अंश :
साइपाल एकेडेमीको मुख्य उद्देश्य के हो ?
हाम्रो मुख्य उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु र विद्यार्थीहरूलाई भविष्यमा सफलताको बाटोमा अघि बढाउनु हो। हामी उनीहरूको समग्र विकासमा विशेष ध्यान दिन्छौं। अर्को हाम्रो उद्देश्य क्याम्ब्रिज ए–लेभल्समार्फत अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्नु हो। सन् २००२ देखि शतप्रतिशत नतिजा दिँदै आएको हाम्रो एकेडेमीले व्यावहारिक शिक्षा र निरन्तर प्रयासबाट विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन चाहन्छ।
साइपाल एकेडेमीमा कुन–कुन मुख्य विषयहरू पढाइन्छन् ?
हामीले नेपाल सरकारको पठ्यक्रममा आधारित गणित, विज्ञान, नेपाली, अंग्रेजी र सामाजिक अध्ययनजस्ता मूल विषयहरू पढाउँछौं। साथै, अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको व्यक्तित्व विकासमा पनि जोड दिन्छौं। हामीले क्याम्ब्रिज ए–लेभल्सअन्तर्गत विज्ञान संकाय (भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान) र गैर(विज्ञान संकाय (अर्थशास्त्र, व्यवसाय अध्ययन, गणित) गरी सबै विषयहरू पढाउँछौं। व्यावहारिक दृष्टिकोण र नवीन शिक्षण विधिबाट हामी उत्कृष्ट नतिजा हासिल गर्दै आएका छौँ ।
विद्यार्थीहरूलाई कसरी सहयोग गर्नुहुन्छ ?
हाम्रा अनुभवी शिक्षकहरू र समर्पित कर्मचारीहरूले नियमित काउन्सिलिङ, योग र ध्यानमार्फत मनोवैज्ञानिक सहयोग गर्छन्। हामी विद्यार्थीहरूलाई औद्योगिक रूपमा तयार गर्न विभिन्न स्रोतसाधन र व्यावहारिक अभ्यास प्रदान गर्छौं।
साइपाल एकेडेमीका प्रमुख उपलब्धिहरू के–के छन् ?
सन् २००२ देखि हामीले एस.इ.इ तथा कक्षा ११ र १२ को बोर्ड परिक्षामा शतप्रतिशत रिजल्ट तथा क्याम्ब्रिज ए–लेभल्समा उत्कृष्ट नतिजा दिँदै आएका छौं। एक पटक विश्व टपर र १३ पटक नेपाल टपर हासिल गर्नु हाम्रा गर्वका उपलब्धिहरू हुन्। साथै साइपाल एकेडेमी रहेको मेडल र ट्रफिहरुको बारेमा एक अर्को छुट्टै आर्टिकल बन्छ ।
अभिभावकहरूलाई कसरी संलग्न गराउनुहुन्छ ?
हामी नियमित अभिभावक–शिक्षक भेटघाट र कार्यशालामार्फत उनीहरूलाई संलग्न गर्छौं। विद्यार्थीको मनोसामाजिक र शैक्षिक प्रगतिबारे जानकारी दिई सहकार्य गर्छौं।
एकेडेमीको भविष्यको योजना के छ ?
हामीले क्याम्ब्रिज ए–लेभल्सको गुणस्तरलाई अझ उचाइमा पुर्याउन नवीन प्रविधि, व्यावसायिक तालिम र अन्तर्राष्ट्रिय शिक्षण अभ्यासलाई विस्तार गर्ने योजना बनाएका छौं।
विद्यार्थीहरूमा अनुशासन कसरी कायम राख्नुहुन्छ ?
हामीले फरक शैलीको दण्ड प्रणाली अपनाउँछौं, जसले जीवनका पाठ सिकाउँछ र जिम्मेवारी बोध गराउँछ। योग, ध्यान, मनोवैज्ञानिक काउन्सिलिङ र मनोसामाजिक गतिविधिबाट अनुशासन कायम गर्छौं।
अन्य विद्यालयहरूभन्दा साइपाल एकेडेमी किन फरक छ ?
हाम्रा अनुभवी र मित्रवत् शिक्षकहरू, समर्पित कर्मचारीहरू, विभिन्न क्लब गतिविधि, शारीरिक र मानसिक स्वास्थ्यको हेरचाह र क्याम्ब्रिज ए–लेभल्सको उत्कृष्ट नतिजाले हामीलाई अरूभन्दा फरक बनाउँछ। साइपाल एक कलेज मात्र होइन विद्यार्थी, शिक्षकको जिवनपद्धती रहेको हामी सबैको बुझाई रहेको छ ।
साइपाल एकेडेमीले क्याम्ब्रिज ए–लेभल्समा आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्दै आएको छ र विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्यमा अघि बढिरहेको छ। प्रिन्सिपल जोशी भन्छन्, “हाम्रो निरन्तर प्रयासले हामीले १०० प्रतिशत नतिजा र विश्वस्तरको शिक्षा दिन सफल भएका छौं।” खबरपाटि मिडिया यो एकेडेमीको भविष्यको सफलताको शुभकामना दिँदै थप जानकारीका लागि साइपाल एकेडेमीलाई सम्पर्क गर्न सकिने जनाएको छ।