काठमाडौँ । काठमाडौँ महानगरपालिका काठमाडौँको सुरक्षा र सौन्दर्यका लागि अहोरात्र खटिरहेको छ । सहरी सौन्दर्य र सुरक्षामा गम्भीर असर पर्ने गरी अव्यवस्थित ढङ्गले राखिएका होर्डिङ बोर्डहरू व्यवस्थित गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको १९ औँ नगर परिषद्ले निर्मित भवन तथा भौतिक संरचनाको छतमा आर्थिक वर्ष २०६९÷७० देखि होर्डिङ बोर्ड राख्न नपाउने निर्णय गरेको थियो । परिणामस्वरूप अहिले काठमाडौँ महानगरपालिकाको घर भवनका छतमाथि होर्डिङ बोर्डहरू राख्न निषेध गरिएको छ ।
यसै व्यवस्थाअनुसार काठमाडौँमा रहेको सबै अनधिकृत बोर्डहरू धमाधम हटिरहेको छ । महानगरले काठमाडौँमा रहेको बोर्डहरू हटाइरहेको बेला काठमाडौँको मुख्य चोकमा रहेको वेब सर्फर कम्पनीको बोर्ड प्रति खबरपाटी संवाददाताले महानगरको ध्यान कृष्ट गराएको थियो ।
खबरपाटीको २०७९ साल चैत ७ गते प्रकाशित वेब सर्फर प्रकरण सम्बन्धी समाचारको आधारमा काठमाडौँ महानगरपालिकाका राजस्व निर्देशक ध्रुव काफ्लेले अनियमित होर्डिङ प्रति छिट्टै एक्सन लिने बताएका थिए ।
तर प्रशासनिक कामको चपेटाका कारण उक्त विषयमा कुनै ठोस निर्णय भएको थिएन । तर कार्यान्वयन महाशाखा प्रमुख राजु नाथ पाण्डेसँगको खबरपाटी संवाददाताको केही बेरको छलफल मै महानगरे क्विक एक्सन लिएको छ । चैत २६ गते काठमाडौँको चावाहिल चोक र रातो पुलको कोरिडोरमा राखिएको वेब सर्फरको बोर्ड १ घण्टाको छोटो अवधिमा मै हटाइएको छ ।
काठमाडौँ महानगरले कानुन सबैलाई बराबरी रहेको बताउँदै नगरप्रमुख राजु नाथ पाण्डेले महानगरको नियम विपरीत रहेको भइरहेको कामको सूचना तुरुन्तै प्रदान गर्न सबैलाई आग्रह समेत गरे ।