काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का, चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का, चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । 

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो । 

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । 

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । 

काठमाडौंलगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर तथा तराईका जिल्लासम्म धक्का महसुस भएको छ।

भूकम्पको रेक्टरस्केल र इपिसेन्टर भन थाहा हुन सकेको छैन। 

खबरपाटी
खबरपाटी