काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वेब सर्फर’ काठमाडौं उपत्यकाको चोक –चोक रहेको होर्डिङ बोर्ड, डिजिटल बोर्डहरुमा व्यापक्ता रुपमा देखिन्छ । तर, वेब सर्फर प्रचारमा अर्थात बाहिरी रुपमा जस्तो देखिन्छ त्यस्तो छैन ।
विभिन्न कागजात र अनुसन्धानका आधारमा वेब सर्फर कम्पनी विभिन्न ठगी गतिविधि तथा कर छलीमा सलंग्न रहेको देखिन्छ । खबरपाटी कार्यलयमा वेब सर्फर कम्पनीबाट पिडित दुई व्यक्तिहरुले वेब सर्फरहरुले गरेको ठगी प्रकरणको सवुत प्रमाण बुझाएका छन् ।
उनीहरुले नाम नखुल्ने शर्तमा एक व्यवसायीले वेब सर्फरसँग सम्झौता भएपनि होर्डिङ बोर्डमा विज्ञापन गरेवापत ३ लाख रुपैयाँ भन्दा धेरै भुक्तानी बाँकी रहेको बताए । सम्झौता बमोजिम सबै काम भएता पनि पैसा दिने समय सधै बहानाबाजी मात्र गरिरहेको उनले गुनासो गरे । उनले वेब सर्फर बाट आफू मात्र नभएर धेरै व्यक्तिहरु पिडित भएको भन्दै यस्ता कम्पनीलाई कानुनी मात्र नभएर सामाजिक रुपमै अन्त्य गनुपर्ने बताए ।
अर्का एक प्रिन्टिङ व्यवसायीले वेब सर्फरले डेढ लाख रुपैयाँको डिजिटल बोर्ड जडान गर्न लगाई कुनै पनि भुक्तानी नदिएको बताए । बाध्यबस ठूलो नोक्सान बोहेर्दै जबरजस्ती उक्त बोर्ड हटाउन उनी बीवश परे । यती मात्र नभएर खबरपाटी संवाददाताको थप अनुसन्धानबाट उपत्यकामा रहेका वेब सर्फरका सबै बोर्डहरु अवैध भेटिएका छन् ।
स –सना पोस्टर र ब्यानरहरु नछान्डे काठमाडौं महानगरले भने वेब सर्फरको ठुला ठुला होर्डिङ बोर्डहरु बेवास्ता गरिरहेको पाइएको छ । वेब सर्फरले विज्ञापन बोर्डको ऐन विपरीत काम गरिरहेको छ । विज्ञापन बोर्डको नियमावली अनुसार घरको कौशी, भ्यालहरुमा विज्ञापन गर्न रोक लगाएको छ ।
अहिले काठमाडौंमा होर्डिङ बोर्डमा प्रचार गर्न पाउने नपाउने मुद्दा अदालतमा विचारधिन रहेको काठमाडौ महानगरपालिकाका राजस्व निर्देशक ध्रुब काफ्लेले बताए । आहिले महानगरपालिकामा कतै पनि विज्ञापन गर्न नपाइने नियम छ । त्यसका लागि प्रहरी टोली रात दिन खटिरहेको उनको भनाई छ ।
हाम्रो सूचनाको आधारमा वेब सर्फरलाई कानुनी कारबाहीमा ल्याउने उनले प्रतिबद्धता समेत जनाए । बेव सर्फरको दादागिरी भनौं वा लपारवाहि । बेव सर्फरले विक्रेतादेखि महानगरसम्मलाई आखाँमा छारो हाल्ने काम गरिरहेको छ ।