सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीकानयाँ अवसरसिर्जना गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्मभरतपुरस्थितचितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो।
एक्स्पोबारे जानकारी दिन मंसिर ६ गते काठमाडौंस्थित बाराही होटलमा आयोजित कार्यक्रममा आयोजकले घरजग्गा तथा निर्माणक्षेत्रलाईनयाँ गति दिन एक्स्पो महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले घरजग्गा कारोबारमा आएको मन्दी,लगानीकोअभाव र युवाहरूको वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका बीच स्वदेशमै लगानी तथा उद्यमशीलताको वातावरणनिर्माण गर्नुएक्स्पोको प्रमुख उद्देश्य रहेको बताउनुभयो।
उहाँका अनुसार ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनीमा मात्र सीमित नभई सुरक्षित आवास,आधुनिकनिर्माण प्रविधि, स्वदेशी लगानी, उद्यमशीलता र आर्थिक समृद्धिका सम्भावनालाई एउटै मञ्चमा जोड्ने अभियान हो।
त्यस्तै, नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाईपुनःलयमा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवर्द्धन गर्न तथा सुरक्षित र गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारीदिनमहत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
अध्यक्ष अधिकारीले घरजग्गा तथा निर्माण क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा आएको सुस्ततालेउद्योगी,व्यवसायी, निर्माण कम्पनी, श्रमिकदेखि सर्वसाधारणसम्म प्रभाव पारेको बताउनुभयो।
एक्स्पोमार्फत स्वदेशमै लगानीको वातावरण सिर्जना गर्ने, आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने र व्यवसायी तथा उपभोक्तालाईएउटैमञ्चमा जोड्ने प्रयास गरिएको उहाँको भनाइ छ।
एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, निर्माण प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवारविभिन्न निर्माणसम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ। साथै, घर निर्माण गर्दा अपनाउनुपर्ने सरकारी मापदण्ड, भवनसंहिता,गुणस्तर तथा सुरक्षासम्बन्धी विषयमा समेत जानकारी दिइने आयोजकले जनाएको छ।
एक्स्पोले चितवनसहित देशका विभिन्न सम्भावनायुक्त जिल्लामा लगानी आकर्षित गरी आर्थिक गतिविधि बढाउन योगदान पुर्याउनेअपेक्षागरिएको छ। विदेशमा सीप र अनुभव हासिल गरेका नेपाली युवालाई स्वदेश फर्किएर उद्यम तथा व्यवसाय सञ्चालन गर्नप्रेरित गर्नेर देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यसमेत आयोजकले राखेको छ।
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतालगायत विभिन्नक्षेत्रका६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्। आयोजकले करिब २५ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ।
एक्स्पोमा सहभागी हुन इच्छुक प्रदर्शकका लागि स्टल बुकिङ खुला गरिएको छ। निर्माण कम्पनी, घरजग्गा व्यवसायी, निर्माणसामग्रीउत्पादक तथा विक्रेता, इन्जिनियर, आर्किटेक्ट, लगानीकर्ता, विद्यार्थी तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्नेआयोजकको भनाइ छ।
सर्वसाधारणका लागि भने एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।