प्रचण्डको भाषणपछि झनै उर्लियो सेयर बजार, एकै दिन ३२ अंक भन्दा धेरैको बढोत्तरी

बिहीबार २ सय ६४ कम्पनीको ३२ हजार ५७९ पटकको कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ताको खरिदविक्रि हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ ।

प्रचण्डको भाषणपछि झनै उर्लियो सेयर बजार, एकै दिन ३२ अंक भन्दा धेरैको बढोत्तरी

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीबजारसँग सम्बन्धित ठूलठूला सेटिङलाई भत्काउने कार्य सरकारले सुरु गरिसकेको बताएका छन् । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा  प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सेटिङका कुनै पनि घटनालाई नछोड्ने बताए ।

‘नक्कली भुटानी शरणनार्थीको इस्यू मात्रै होइन । सरकारले अन्य विगतका तमामा विवादमा रहेका सबै घटनाको छानबिन, सम्पत्ति शुद्धीकरण ठूलाठूला घटनाको छानबिन गरी कारवाही गर्छौं,’ उनले भने, ‘राजस्वमा भएका ठूलठूला चलखेलको छानबिन गर्छौं । त्यसका लागि आवश्यक परेर ऐन संशोधन र निमार्ण गर्न जरुरी छ ।’

देश आर्थिक, राजनीतिक र सांस्कृति रुपले गम्भीर अप्ठेरो स्थितिबाट गुज्रिनुपरेको र त्यसको प्रमुख कारण संस्थागत भ्रष्टाचार नै भएको पनि उनले दाबी गरे । यसै सम्बोधन पश्चात सेयर बजार उर्लिएको छ । 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.७५ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । सेयर बजार परिसूचक नेप्से ३२.३० अंक बढेर १८७७.३२ अंकको विन्दुमा बन्द भएको छ । 

बिहीबार नेपाल दुरसञ्चार प्रधिकरणको सर्वाधिक ८ करोड ६३ लाख ४८ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज दुइ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हिमालयन उर्जा र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक १० प्रतिशतले कमाएका छन् । 

बिहीबार २ सय ६४ कम्पनीको ३२ हजार ५७९ पटकको कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ताको खरिदविक्रि हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ । 

साताको अन्तिम कारोबार दिन सेयर बजारका सम्पूर्ण परिसूचकहरुमा हरियाली छाएको छ ।  वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक १ दशमलव ४८ प्रतिशतले बढेको छ । उपसमूहमा पनि सबै सूचकहरुमा बढोत्तरी देखिएको छ । १३ समूहको परिसूचक बढ्दा होटल्स् तथा पर्यटन समूहको सर्वाधिक ३.७५ प्रतिशतले बढ्दा अन्य समूहको परिसूचक सबैभन्दा थोरै ०.९० प्रतिशतले बढेर आजको बजार बन्द भएको छ । 

बिहीबार २०४ कम्पनीको सेयर मूल्य बढ्दा ११ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ बाँकि ४ कम्पनीके सेयर मूल्य भने स्थीर रहेको छ । 
 

खबरपाटी
खबरपाटी