भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री शाहले गरे राष्ट्रपति पौडेलसँग भेटवार्ता

भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री शाहले गरे राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपतिपौडेललाईजानकारी गराउनुभएको हो।

भेटका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणका उपलब्धि, भ्रमणका क्रममा भएका छलफल तथा दुई देशबीचको सम्बन्धका विषयमाजानकारीगराउनुभएको जनाइएको छ।

त्यसैगरी, प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच समसामयिक राजनीतिक तथा राष्ट्रिय महत्वका विषयमा समेत छलफल भएको छ।

भेटवार्ताबारे थप विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

 

खबरपाटी
खबरपाटी