गण्डकीको ऊर्जा र जलस्रोत विकासमा संघ–प्रदेशबीच सहकार्य हुने

गण्डकीको ऊर्जा र जलस्रोत विकासमा संघ–प्रदेशबीच सहकार्य हुने

पोखरा - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्रदेवकोटाबीचशुक्रबार पोखरामा भेटवार्ता भएको छ।

भेटवार्तामा गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको उपयोग, नदी नियन्त्रण, तटबन्ध निर्माण तथा सिँचाइ आयोजनालाई संघरप्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा छलफल भएको छ।

त्यसैगरी, फेवाताललगायत प्रदेशका विभिन्न तालहरूको संरक्षण तथा व्यवस्थापनमा संघ र प्रदेश सरकारबीच सहकार्य गर्ने विषयमापनिछलफल भएको जनाइएको छ।

ऊर्जाको प्रचुर सम्भावना बोकेको गण्डकी प्रदेशका ऊर्जा विकास आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न तथा जलस्रोत व्यवस्थापनरसिँचाइका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै सरकारबीच सहकार्य आवश्यक रहेकोमा दुवै मन्त्रीले जोड दिनुभएको थियो।

भेटमा संघ र प्रदेशबीच विकास आयोजनाको प्राथमिकता निर्धारण, कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान तथाउपलब्धस्रोतसाधनको प्रभावकारी परिचालन गरी विकास निर्माणका कामलाई तीव्रता दिने विषयमा समेत छलफल भएको थियो।

सरकारबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासलाईगतिदिने विषयमा भेटवार्ता केन्द्रित रहेको जनाइएको छ।

 

 

खबरपाटी
खबरपाटी