९ वटा साइजमा नेपाली लुगा बनाइरहेको प्लस साइज नेपालको तेस्रो आउटलेट खुला

९ वटा साइजमा नेपाली लुगा बनाइरहेको प्लस साइज नेपालको तेस्रो आउटलेट खुला

काठमाडौँ । बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले सोमबार आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा खोलेको छ । दोस्रो आउटलेट कावासोतीमा सञ्चालन भइरहेको छ । 

सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइनका ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ । 

प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहराले १०० जना भन्दा धेरैलाई रोजगारी दिएर नेपालभर आफ्नो ब्राण्ड फैलाइरहेका छन् । प्लस साइज नेपालले आफ्नै डेलिभरी सेवा गुडविल लजिस्टिक पनि सञ्चालन गर्दै आएको छ । देशका अति दुर्गम बाहेक सहरी क्षेत्रभरी होम डेलिभरी सेवा समेत दिँदै आएको छ । 

करिब ५ वर्षको समयकालमा प्लस साइज नेपाललाई ब्राण्ड बनाउन दिन रातको मिहिनेतले मात्र सम्भव रहेको अध्यक्ष बोहोराले बताए । म्यानपावर व्यवसायी समेत रहेका अध्यक्ष विष्णु बोहराले ‘‘तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले मलेसियामा प्रतिबन्ध लगाएपछि फुरेको आइडियाले प्लस साइज नेपाल सुरु गरेको हुँ । आफ्नो अध्ययनको क्रममा केटि मान्छेलाई प्लस साइजको लुगाको हाइ डिमान्ड र लेस सप्लाई देखिएको कारण उक्त ब्राण्डको सुरुवात गरिएको हो । साथै प्लस साइज भन्दैमा सबै लुगा प्लस साइजको हुँदैन एकै डिजाइनका ९ वटा साइजहरु बनाउँदै आएका छौँ‘‘ ।, उनले भने । 

प्लस साइज नेपालले आफ्नो ब्राण्डको निर्यात समेत सुरुवात गरेको छ । धेरै नभए पनि केहि मात्रामा मलेसियामा लुगाहरु निर्यात गरिएको अध्यक्ष बोहराले बताए । कुनै मिडिया बाजी अथवा पोलिटिकल सर्पोट बिना व्यापार सञ्चालन गरिरहेका अध्यक्ष बोहराले टोयटाको फर्चुनर गाडी चलाउने हैसियत बनिसक्दा पनि स्कुटर लिएर आफै डेलिभरी गरिरहेको पनि उनी बताउँछन् । 

कोभिड १९, लकडाउन, आर्थीक मन्दी, तरलताको अभाव, बैंकको चर्को ब्याजदरका बाबजुद रातदिनको मिहिनेतले व्यापारमा सफलता हासील गरेको उनले बताए । प्लस साइज नेपालमा हाल देशभरीबाट प्रति दिन २०० भन्दा धेरै अर्डरहरु आइरहेका छन भने पसलबाटै पनि राम्रो प्रतिक्रिया सहितको व्यापार भइरहेको छ । 

अनलाइनमा वर्चश्व बढाएको प्लस साइज नेपालले निकट भविष्यमा नै आफ्नै वेवसाइट विकास गर्दै थप सहजताका साथ व्यवसाय अगाडी बढाउने जनाएको छ । नेपालमा पाइने कच्चा पदार्थबाट बन्ने सबै प्रकार कपडाहरु बनाइरहेको प्लस साइज नेपालले केहि लुगाहरु भने आयात गर्नु नै पर्ने विडम्बना रहेको उनी बताउँछन् । 

खबरपाटी
खबरपाटी