आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।
कोशी लोकमार्गमा प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जना गम्भीर घाइते भएका थिए ।
घाइतेको उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।