काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका तिहार तथा छठपर्वयता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रमातहतकानिकायबाट भएका प्रमुख कार्यसम्पादनका विवरण सार्वजनिक गरिएको छ।
सार्वजनिक विवरणअनुसार यस अवधिमा प्रधानमन्त्री शाहले मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ। मंसिर ६ र७गते भएको भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा विभिन्न महत्त्वपूर्ण सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
यसै अवधिमा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृतप्याकेजकार्यान्वयनको प्रगति समीक्षा गरिएको छ। बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशनदिइएको छ।नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धितमन्त्रालयमापठाइएको पनि विवरणमा उल्लेख छ।
त्यसैगरी, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्येएकअर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
सरकारले तीनै तहका सरकारबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न रदोहोरोपनाहटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार गरेको छ।
सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदा परिमार्जन प्रक्रिया अघि बढाइएको छ। नेपाललाईसूचनाप्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृतिदिने विशेषलगानी सहजीकरण नीतिको तयारीसमेत भइरहेको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ। त्यस्तै,सरकारीनिकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न अध्ययन तथा सुझाव कार्यदलगठन गरिएको छ।
पूर्वाधार तथा ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने क्रममा तल्लो अरुण जलविद्युत् परियोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ताछनोटगरिएको छ। परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएकोविवरणमाउल्लेख छ।
सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याइएकोछ।उक्त प्रणालीमा कार्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्।
यसैगरी, सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारीगरिएकोछ। निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श प्रदान गरिएको छ।
सुशासन र सेवा प्रवाह सुधारका लागि विभिन्न जिल्लामा सार्वजनिक निकायका कर्मचारीको आचारसंहिता पालना, सेवाप्रवाह तथासेवाग्राहीसन्तुष्टिको अवस्था अनुगमन गर्न टोली परिचालन गरिएको छ। चितवन, मकवानपुर र सिन्धुलीमा सार्वजनिक निकायकाप्राविधिकपरीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमनसमेत गरिएको छ।
यस अवधिमा सिंहदरबार प्रवेशद्वारको लामो समयदेखि अवरुद्ध गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनःसञ्चालनमाल्याइएको छ।
त्यस्तै, नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्ति संरक्षण तथा व्यावसायिक सदुपयोगको सम्भावना अध्ययन गर्न धादिङको छत्रेदेउरालीस्थितकरिब १५ हजार रोपनी क्षेत्रमा अनुगमन गरिएको छ। सम्पत्तिको दिगो उपयोगका लागि लिजसम्बन्धी नियमावलीतयार गर्न पाँच सदस्यीयसमिति गठन गरिएको छ।सरकारले सार्वजनिक गरेका यी विवरणमा पूर्वाधार विकास, डिजिटल सेवा, सामाजिक सुरक्षा, लगानी प्रवर्द्धन, विपद् व्यवस्थापनर सार्वजनिकप्रशासन सुधारलाई प्राथमिकतामा राखिएको देखिन्छ।