नेपाल फुटबल लिगको पहिलो संस्करणमा धरान, वीरगञ्ज र सुर्खेतसहित १० टोली सहभागी हुने

नेपाल फुटबल लिगको पहिलो संस्करणमा धरान, वीरगञ्ज र सुर्खेतसहित १० टोली सहभागी हुने

काठमाण्डौ – नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करण खेल्ने १० टोलीको टुंगो लागेको छ ।

प्रतियोगिताका लागि नयाँ ३ टोली धरान, वीरगञ्ज र सुर्खेत छनोट भएसँगै सहभागी हुने सबै टोली तय भएका हुन् ।

एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतको टोली छनोट भएका हुन् । गुरुङले नेपाली फुटबलमा अझै धेरै सम्भावना रहेको बताउनुभएको छ ।

यसपटक छनोट हुन नसकेका बाँकी १७ टोलीलाई पनि आउँदा दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गरिने उहाँले बताउनुभएको छ । एनएफएलको पहिलो संस्करण आउँदो फागुन १ देखि शुरु हुनेछ ।

‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका ७ टोली यसअघि नै निश्चित भइसकेका थिए ।

यसअघि छनोट भएका टोलीमा काठमाण्डौ रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छन् ।

खबरपाटी
खबरपाटी