काठमाण्डौका विभिन्न क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

काठमाण्डौका विभिन्न क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आजदेखि यही मंगलबार १५ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

काठमाण्डौ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक काम गर्नुपर्ने भएकाले ती क्षेत्रका फिडरहरूबाट आपूर्ति रोक्न लागिएको प्राधिकरणले जनाएको छ ।

जसअनुसार आउदो मंगलबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली अवरुद्ध हुनेछ । प्राधिकरणको तालिकाअनुसार आज आलोकनगर मार्ग, नापी विभाग एरिया र आसपासका क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ ।

यस्तै, भोलि आइतबार शंखमूल मार्ग, एभरेष्ट अस्पताल र मुक्ति टावर क्षेत्र, पर्सि सोमवार बुद्धनगर, बिजुलीबजार क्षेत्र र मंगलवार वडा नम्बर–३१ वडा कार्यालय तथा तिनकुने तरकारी बजार क्षेत्रमा बिजुली आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

खबरपाटी
खबरपाटी