कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्दै

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्दै

काठमाडौं - नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। मंसिर ८ गते सुरु भएर हिजो (शुक्रबार) सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले आज पत्रकार सम्मेलन गर्न लागेको हो।

पार्टी कार्यालयका कार्यवाह मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ। सम्मेलनमा समाचार संकलन तथा संप्रेषणका लागि पत्रकारहरुलाई निमन्त्रणा गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर ८ गतेदेखि सुरु भएको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सम्पन्न भएको हो।

खबरपाटी
खबरपाटी