रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित

अर्थमन्त्रीमा सहमहामन्त्री एवं प्रवक्ता डा. प्रकाशशरण महत लगभग निश्चित भएको छ

रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रीहरू पठाउने भएको छ ।

कांग्रेसले ८ वटा मन्त्रालय लिने दलहरूबीच सहमित भएपछि कांग्रेस खड्काको नेतृत्वमा बिहीबार सरकारमा जाने तयारी गरको हो ।

खड्काले उपप्रधानमन्त्रीसहित रक्षामन्त्री पाउने पक्का भएको छ ।

यसैगरी, अर्थमन्त्रीमा सहमहामन्त्री एवं प्रवक्ता डा. प्रकाशशरण महत लगभग निश्चित भएको छ ।

त्यस्तै, सुदूरपश्चिमबाट एनपी साउद पनि मन्त्री बन्ने लगभग निश्चित भएको बताइएको छ ।

शेखर समूहबाट गण्डकीका धनराज गुरुङ र कोशीका डीकबहादुर लिम्बू मन्त्री बन्ने सम्भावना छ । यसैगरी, मन्त्री बन्नेको लाइनमा सीता गुरुङ, रमेश रिजाल छन् ।

मन्त्री छान्नका लागि कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ । बेलुकासम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् पूर्णता दिने तयारी गरेका छन् ।

बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, नेकपा (माओवादी केन्द्र)ले पाँच, नेकपा (एकीकृत समाजवादी) र जसपाले दुई/दुई मन्त्रालय लिने सहमति भइसकेको छ । अन्य दलले एक/एक मन्त्रालय लिने तय भएको छ । बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागिता थियो । 

खबरपाटी
खबरपाटी