सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंग्यो

सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंग्यो

काठमाडौँ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको छ । बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।

भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भन्नेछ’, उनले भने, ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’

सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ ।

यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।

खबरपाटी
खबरपाटी