आरजु देउवा र मञ्जु खाँणविरुद्धको अनुसन्धान अन्तिम चरणमा, पक्राउको तयारी

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै उनकी पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ

आरजु देउवा र मञ्जु खाँणविरुद्धको अनुसन्धान अन्तिम चरणमा, पक्राउको तयारी

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै उनकी पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु र मञ्जुले ६ करोड बढी रकम लिएको आरोप लागेको छ । त्यसको अडिओसमेत सार्वजनिक भइसकेको छ । यद्यपि आरजुले भने त्यो अडिओ नक्कली भएको दाबी गरेकी छन् । उनले हिजो मात्रै सीआईबीमा सत्यतथ्य छानबिन गरि यथाशिघ्र दोषिलाई कारवाहीको माग गर्दै उजुरी दिएका थिइन।  

प्रहरीले त्यसबारेमा अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । यसअघि पक्राउ परेका बिचौलियाले खाँणले ४ करोड बढी रकम लिएको बयान दिएका थिए । सोही आधारमा खाण बुधबार बिहान निवासबाटै पक्राउ परेका हुन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री समेत रहेका नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १० जना पक्राउ परिसकेका छन् ।

एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप भने प्रहरी हिरासतमा छन् । प्रहरीले थप ८ जनालाई पक्राउ गर्ने तयारी गरेको जनाइएको छ । अहिले आरजु राणा र मन्जु खाँणमाथि अनुसन्धान चलिरहेको बुझिएको छ । दोषि ठहरिए उनीहरुलाई पनि पक्राउ गर्ने तयारी प्रहरीको छ । 

खबरपाटी
खबरपाटी