आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकका समस्या समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने बताएकी छिन्।
रावल धनुषाधाम नगरपालिका वडा नं १ र २ का मुसहर बस्तीमै पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी हुन्।
भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या र गुनासा सुनिन्। साथै समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराइन्। उनले भूमिहीन नागरिकका समस्या छिटो समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।