सहकारीको रकम हिनामिना गरेको आरोपमा छ जना पक्राउ
बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारीका अध्यक्षसहित छ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।