कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताउनुभएको छ ।

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताउनुभएको छ । 

सङ्घीय संसद् भवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताउनुभयो । 

“हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो”, उहाँले भन्नुभयो, “हामी नामकरणबाट भाग्दैनौँ ।” गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो ।  रासस

खबरपाटी
खबरपाटी