सर्लाहीको चक्रघट्टामा आज शोकबिदा, मृतकका परिवारलाई पालिकाले ५० हजार रुपैयाँ दिने

सर्लाहीको चक्रघट्टामा आज शोकबिदा, मृतकका परिवारलाई पालिकाले ५० हजार रुपैयाँ दिने

काठमाण्डौ – मकवानपुरको भीमफेदीमा हिजो भएको माइक्रोबस दुर्घटनामा एकै गाउँका १३ जनाको ज्यान गएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको ज्यान गएको हो । पालिकाले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्त र छिमेकीको ज्यान गएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । गाउँपालिकाले ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

खबरपाटी
खबरपाटी