तिहारपछि सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

तिहारपछि सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य १५५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइहरको छ । कात्तिक २३ गते सुनको मूल्य २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १५५ रुपैयाँले घटेर तोलाको ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कात्तिक २३ गते चाँदी तोलाको ३ हजार ८५५ रुपैयाँ रहेको थियो । 
 

खबरपाटी
खबरपाटी