सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघकाअनुसारशुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ।

बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमाउल्लेख्यगिरावट आएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार११०रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट आएपछि नेपाली बजारमा दुवै बहुमूल्य धातु सस्तिएका छन्।

खबरपाटी
खबरपाटी