प्रधानमन्त्री शाहको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदी र मुर्मुसँग भेटवार्ता हुने

प्रधानमन्त्री शाहको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदी र मुर्मुसँग भेटवार्ता हुने

नेपालको मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्दैगर्दा भारतीय विदेश मन्त्रालयले कार्यतालिका सार्वजनिक गरेको छ।

यही मंसिर ६ गते भारत हुने शाहको  भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको कार्यक्रमबारे त्यहाँको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो। कार्यक्रमअनुसार ६ गते आइतबार दिउँसो सवा ३ बजे उनी नयाँ दिल्ली पुग्ने छन्।

साँझ ६ बजे उनले होटल ताजमहलमा भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने छन्। त्यसबाहेक आइतबारका लागि प्रधानमन्त्री शाहको अन्य भेटघाट वा कार्यक्रम तय भएको छैन । उनले सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत एवं भेटघाट गर्ने छन् ।

त्यस्तै सोही दिन उनले राजघाटस्थित समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने छन् । त्यसै दिन उनले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। त्यस्तै १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र मोदीबीच सहमति र सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलन हुने तय भएको छ ।

प्रधानमन्त्री शाहले दिउँसो सवा ३ बजे राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने छन् । राष्ट्रपति निवासमा हुने भेटघाटपछि दिउँसो ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्किने कार्यतालिका रहेको छ ।

खबरपाटी
खबरपाटी