फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनल खेलको टिकट केही मिनेटमै सोल्ड आउट भएको जनाएको छ । क्यानका सचिव पारस खड्काले निकाल्नुभएको विज्ञप्तिअनुसार फाइनल खेलको टिकट बिक्री खुला गरिएको समयमा झन्डै २ लाख ई–सेवा प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेका थिए । तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको सचिव खड्काले बताउनुभयो । यसैबीच एनपीएल फाइनलको टिकट नपाएका दर्शकहरूले त्रिवि क्रिकेट मैदान गेटबाहिर पुगेर विरोध प्रदर्शन गरेका छन् । तेस्रो संस्करणको एनपीएल फाइनलमा भोलि बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।