नयाँ दिल्लीमा आज बिमस्टेकको प्रथम गृहमन्त्रीस्तरीय बैठक,नेपालसहित ७ वटा सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीको सहभागिता

नयाँ दिल्लीमा आज बिमस्टेकको प्रथम गृहमन्त्रीस्तरीय बैठक,नेपालसहित ७ वटा सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीको सहभागिता

भारतको नयाँ दिल्लीमा आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठक हुँदैछ ।

बैठकमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ हिजो नयाँ दिल्ली पुग्नुभएको छ । गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

बैठकमा नेपालसहित ७ वटा सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीको सहभागिता हुनेछ । नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड बिमस्टेकका सदस्य देश हुन् ।

बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, साइबर अपराध र आतङ्कवादजस्ता अन्तरदेशीय सुरक्षा चासोका विषयमा छलफल हुनेछ । सन् २०१८ मा काठमाण्डौ भएको शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्चस्तरीय बैठक पहिलोपटक आयोजना हुन लागेको हो ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी भोलि स्वदेश फर्कनुहुनेछ ।  

खबरपाटी
खबरपाटी