
काठमाडौ । पपुलर अमेरिकन युटुबर मिस्टर बिस्टले आफ्नो जन्मदिनको उपलक्ष्यमा ५० हजार डलर ५ जनालाई वितरण गर्ने घोषणा गरेका छन् । उक्त घोषणा लगत्तै फेसबुकको इन्टाग्राममा मानिसहरु निकै आकर्षित भएका छन् । उक्त रकम पाउनका लागि ३ वटम शर्त मात्र राखेका छन् । उनले जुन पोष्ट राखेका छन् त्यो पोष्ट आफ्नो इन्टाग्रामको स्टोरीमा शेयर गर्नुपर्ने । उक्त पोष्टको कमेन्टमा १ व्यक्ति लाई ट्याग गर्नु पर्ने र उनलाई फलो गर्नु पर्ने शर्त राखेका छन् ।
जन्मदिनको अवसरमा १० हजार डलरकादरले ५ व्यक्तिले उत्त शर्तहरु पुरा गरे तुरुन्तै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यससँगै नेपालमा मात्र नभएर विश्वबाट उक्त शर्तहरु पालना भइरहेको छ । ७२ घण्टामा विजेता घोषणा गर्ने बताएका मिस्टर बिस्टको पोष्टमा ७० लाख २१ हजार ९२२ जनाको लाइक आएको छ भने ६० लाख १६ हजार ५५६ वटा कमेन्ट आएको छ ।