वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना

वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना

वाशिङ्टन डीसी । अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा अमेरिकी एयरलाइन्सको एउटा व्यावसायिक विमान र अमेरिकी सेनाको हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना भएको छ। संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रोनाल्ड रेगन वाशिङ्टन नेसनल एयरपोर्टमा अवतरणको क्रममा भएको हो ।

६० यात्रु र चार चालक दलका सदस्य बोकेको अमेरिकी एयरलाइन्सको सो विमान रनवे ३३ मा अवतरण गर्न लागेको थियो। त्यही समयमा तीन अमेरिकी सैनिकहरू सवार रहेको सैन्य हेलिकप्टरसँग आकाशमै ठोक्किएको एफएएले पुष्टि गरेको छ।

विमान ठोक्किएपछि पोटोम्याक नदीमा खसेको वाशिङ्टन डीसीको अग्नि नियन्त्रण तथा उद्धार विभागले जनाएको छ। घटनापछि उद्धार टोली तत्काल परिचालित गरिएको छ र खोजी तथा उद्धार कार्य जारी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारमा संलग्न टोलीलाई ‘अविश्वसनीय कार्य’ को प्रशंसा गरेका छन्। उनले दुर्घटनाबारे आफूलाई जानकारी गराइएको बताउँदै सम्पूर्ण प्रभावित परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्।

यस दुर्घटनाको विस्तृत छानबिन गर्न अमेरिकी अधिकारीहरूले अनुसन्धान सुरु गरिसकेका छन्। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।

खबरपाटी
खबरपाटी