उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने

उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने

काठमाडौं – कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने तयारी गर्नुभएको छ। अनुदान वितरणका लागि आवश्यक कार्यविधिसमेत स्वीकृत गरिएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु उत्पादक किसानलाई वितरण गरिनेछ।

सरकारले उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र अनुदानको लाभ लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सरकारले उखु उत्पादक किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ। यस अनुदानले उखु खेतीमा किसानको सहभागिता बढाउन तथा उत्पादन लागतको भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी