किन जन्मन्छन् जुम्ल्याहा बच्चा ?

तपाईंले गर्भवती महिलाले जुम्ल्याहा बच्चा जन्माएको देख्नु भएको होला  । विश्वमा ५० हजार बालबालिका जन्मिदा १ नवजात बालबालिका जुम्ल्याहा हुन्छन् । किन जन्मन्छन् त जुम्ल्याहा बालबालिका ?

प्रायः एउटा डिम्बाशयले महिनामा एउटामात्रै डिम्ब निष्कासन गर्छ । तर, कहिलेकाहीँ कुनै कारणले दुईवटा डिम्बको छुट्टाछुट्टै शुक्रकीटसँग मिलन भई दुईवटा बच्चा विकसित हुने गर्छन् । त्यस्ता बच्चा कहिले छोरा–छोरा, छोरी–छोरी वा छोरा–छोरीका रूपमा जन्मिएको पाइन्छ ।

दोस्रो कारणले हुने जुम्ल्याहा एउटै डिम्ब र शुक्रकीट मिलन भएर बनेको कोष फुटेर जति टुक्रा हुन्छ, त्यतिवटा बच्चा भएको पाइन्छ । त्यस्तो फुटाइ सात दिनभित्र भएमा जुम्ल्याहा बच्चा छुट्टाछुट्टै विकास हुन्छ । सात दिनभित्र त्यसो भएमा टाँसिएर जन्मने सम्भावना हुन्छ । यसरी जन्मने जुम्ल्याहा प्रायः एउटै लिंगका हुन्छन् भने उनीहरूको अनुहार पनि दुरुस्त देखिन्छ ।

एजेन्सीको सहयोगमा

खबरपाटी
खबरपाटी