काठमाडौँ । प्लस साइज नेपालको आयोजनामा प्लस साईज ६० केजी भन्दा माथि तौल भएका १६ वर्ष देखि ३५ वर्ष सम्मका विवाहित तथा अविवाहित महिलाहरुको सुन्दरतालाई निखारता ल्याउने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने र नेतृत्वदायी भूमिका निर्वाहा गर्ने उद्येश्यले प्लस साइज नेपालले पहिलो पटक मिस प्लस साइज चितवन भव्यताका साथ सम्पन्न गरेको छ ।
अडिसन बाट छनोट भएका प्लस साइज महिलाहरुलाई १५ दिनको तालिम पश्चात गरिएको प्रतियोगिताबाट टप ३ लाई राजधानी काठमाडौँमा प्लस साइज नेपालद्वारा सम्मानित गरिएको हो ।
मिस प्लस साइज चितवनको विजेता रेबिका सुनारलाई यही असोजमा हुन गइरहेको मिस प्लस साइज नेपालको टप १० मा डाइरेक्ट इन्ट्रि सहित ५० हजार नगद उपहार तथा मिस प्लस साइज चितवनको ब्रान्ड एम्ब्यासिडरको उपाधी प्लस साइज नेपालका अध्यक्ष विष्णु बोहराले प्रदान गरेका छन् ।
त्यस्तै प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी प्रशंसा अर्यालले २५ हजार नगद, मिस प्लस साइज नेपालको टप १५ मा डाइरेक्ट इन्ट्रि सहित प्लस साइज नेपाल पोखराको ब्राण्ड एम्बासिडरको उपाधी पाएकी छिन् ।
दोस्रो रनर अपका रुपमा चाँदनी सिहं विश्वकर्मालाई १५ हजार नगद पुरस्कार कम्पनीका अध्यक्ष बोहरा सहित कलाकार उषा रजककोबाट हस्तान्तरण गरिएको थियो ।