प्लस साइज नेपालको आठौ आउटलेट कलंकी खसिबजारको एनविटिसीमा

प्लस साइज नेपालको  आठौ आउटलेट कलंकी खसिबजारको एनविटिसीमा

काठमाडौं,बसुन्धाराबाट सुरु भएको प्लस साइज नेपालले आफ्नो आठौ आउटलेट कलंकी खसिबजारमा रहेको नेपाल विजनेस ट्रेड सेन्टरमा बिहीबारबाट सुरुवात गरेको छ । 

हालसम्म ७ वटा आउटलेट स्थापीत गरीसकेको प्लस साइजले बिहीबार कलंकीको एनविटिसिमा औपचारीक रुपमा आठौं शाखाको उद्घाटन गरेको हो ।बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो । यसैगरि ललितपुरको कुमारीपाटी, चितवनको नरायणघाट, पोखरा,बिर्तामोड र धरान  साथै बुटवलमा प्लस साईज नेपालका आउटलेट सञ्चालनमा रहेका छन ।

बिहीबार राष्ट्रिय वाणिजय बैंकका पुर्व एक्जुकेटिभ डाईरेक्टर र हाल डिजिटल कनसलट्यान्सका अध्यक्ष ज्योती चन्द्र ओझाले आउटलेट उद्घाटन गर्नुभएको छ । साथै कम्पनीका अध्यक्ष विष्णु बोहोरा, माया बोहोरा साथै डिजिटल गोर्खा ग्रुपका कार्यकारी निर्देशक क्षितिज ओझा लगाएतको सहभागीता रहेको थियो ।

अपरान्ह १ बजे खोलिएको आउटलेटमा ५०० जना भन्दा धेरै ग्रहाकहरुले स्वरुम भ्रमण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताउनु भयो । 

सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइनमा ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६ एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ । प्लस साईज नेपालले भर्खर मात्रै अनलाईन इककर्सको सुरुवात गरेको छ जसबाट विश्वका जुनसुकै कुनाबाट समेत कारोबार गर्नसकिन्छ ।

खबरपाटी
खबरपाटी