शरणार्थी प्रकरण नसेलाउँदै देउवादाम्पति जुटे पुत्रको विवाहमा, को हुन् आरजु देउवाकी बुहारी ?
५ जेठ २०८०, शुक्रवार
केराले भोक मात्र मेटाउँदैन शरीरमा ऊर्जा पनि दिन्छ । तर कस्तो खालको केरा कुन बेलामा खाने भनी थाहा पाउनुपर्छ ।
आयुर्वेदका अनुसार, केरा एक्लै खानुपर्छ । अन्य फलफूल वा खानेकुरा वा दूधसँग खानुहुँदैन ।
केरा खाने उत्तम समय
बिहान व्यायाम गरेपछि
राति कहिले पनि हुन्न
खाना खानुअघि वा पछि हुन्न
दूध खानुअघि वा पछि हुन्न
बेलुका खाना खानुभन्दा एक घन्टा अघि केरा खाएको उत्तम हुन्छ ।
कस्तो खालको केरा खाने ?
पेट पनि भरिने अनि चिनी पनि कम भएको खानेकुरा चाहिन्छ भने अलिकति मात्र पाकेको केरा खाने गर्नुस् । यो प्रिबायोटिकको उत्तम स्रोत हो ।
पाकेको केरा गुलियो हुन्छ, छिट्टै पच्छ र यसमा उच्चस्तरका एन्टीअक्सिडेन्ट हुन्छन् ।
बोक्रामा दाग लागेका केरामा एन्टीअक्सिडेन्टको मात्रा उच्च हुन्छ । गुलियो खान मन लागेको बेलामा यस्तो केरा खानुस् ।