दुईपटक भयो अर्जुनको मृत्यु, पहिलोपटक कसरी बाँचे ?

महाभारतका सुप्रसिद्ध पात्र अर्जुनका तीन पुत्र थिए । द्रौपदीबाट जन्मेका पुत्रको नाम श्रुतकर्मा थियो । द्रौपदीबाहेक अर्जुनका सुभद्रा, उलूपी र चित्रांगदा नामक तीन पत्नी थिए ।

दुईपटक भयो अर्जुनको मृत्यु, पहिलोपटक कसरी  बाँचे ?

महाभारतका सुप्रसिद्ध पात्र अर्जुनका तीन पुत्र थिए । द्रौपदीबाट जन्मेका पुत्रको नाम श्रुतकर्मा थियो । द्रौपदीबाहेक अर्जुनका सुभद्रा, उलूपी र चित्रांगदा नामक तीन पत्नी थिए ।  

सुभद्राबाट अभिमन्यु, उलूपीबाट इरावन र चित्रांगदाबाट बभ्रुवाहन नामक पुत्रहरू जन्मिए । 

आफ्नै पुत्रद्वारा अर्जुन मारिएको प्रसंग आउँछ । यसको रोचक कथा छ ।

एक दिन महर्षि वेदव्यास र श्रीकृष्णको सिफारिशमा पाण्डवहरूले अश्वमेध यज्ञ गर्ने विचार गरे । पाण्डवहरूले शुभ मुहूर्त हेरेर यज्ञ शुभारम्भ गरे र अर्जुनलाई रक्षक बनाएर घोडा छोडे । घोडा घुम्दैघुम्दै मणिपुर पुग्यो । 

मणिपुरका राजा बभ्रुवाहन आफ्ना पिता आएको थाहा पाएपछि राज्यका गण्यमान्य नागरिकसँग टन्न धनधान्य लिएर अर्जुनलाई भेट्न पुगे । 

मणिपुर नरेशलाई यसरी आएको देखेर अर्जुन क्रोधित भए अनि बोले, ‘छोरा, तेरो तरिका ठीक भएन । तँ क्षत्रिय धर्मबाट च्युत भइस् । म महाराज युधिष्ठिरको अश्वमेध यज्ञको घोडा लिएर तेरो राज्यमा आइपुगेको छु । तँ किन मसँग युद्ध गर्दैनस् ? क्षत्रियहरूको धर्म नै युद्ध गर्नु हो ।’

अर्जुनकी पत्नी नागकन्या उलूपी पितापुत्रको संवाद सुनिरहेकी थिइन् । उनले छोरालाई पितासँग युद्ध गर्न भनिन् । 

त्यसपछि बभ्रुवाहन र अर्जुनबीच युद्ध भयो । युद्धमा बभ्रुवाहन बेहोश भए भने अर्जुनको मृत्यु भयो । 

अर्जुन मारिएको खबर पाएपछि पत्नी चित्रांगदा रणभूमिमा पुगेर विलाप गर्न थालिन् । उनले उलूपीलाई निकै कठोर तथा विनम्र दुवैथरी वचन कहेर अर्जुनलाई जीवित बनाउन अनुरोध गरिन् । 

त्यतिखेर बभ्रुवाहन होशमा आए र मृत पिता देखेर विलाप गर्दै आफू पनि आमरण अनशन गरेर मर्ने भन्न थाले । 

यो सुनेपछि उलूपीको मन पग्लियो र उनले संजीवन मणि स्मरण गरिन् । नागहरूको जीवनको आधारका रूपमा रहेको मणिले अर्जुनलाई पुनर्जीवित गरिदियो । 

दोस्रोपटक अर्जुनको मृत्यु हिमालयमा भयो । यदुवंशीहरूको नाश भएको खबर अर्जुनबाट पाएपछि युधिष्ठिर व्यथित भए अनि वेदव्यासको सल्लाहमा पाण्डवहरूले राजपाट छोडेर सशरीर स्वर्ग जाने निश्चय गरे । यात्रा गर्दागर्दै

उनीहरू हिमालय पुगे । शुरूमा द्रौपदी लडिन् अनि क्रमशः नकुल, सहदेव, अर्जुन र भीम लडे अनि उनीहरूको मृत्यु भयो । अन्त्यमा युधिष्ठिर र उनको कुकुर सशरीर स्वर्ग पुगे ।

खबरपाटी
खबरपाटी