आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै उद्योगी, व्यवसायीहरुले आज पनि बिरोध कार्यक्रम गरेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय मार्ग टंगालमा बिरोध गरेका हुन् । चौथो दिनको बिरोध कार्यक्रममा बैंक तथा वित्तीय समस्या संघर्ष समितिले ११ बजे आन्दोलन सुरु गरेको हो ।
ब्याजदर, प्रिमियम दर लगायतको विषयमा नेपालभरका उद्योग वाणिज्य संघहरु अन्दोलन गरिरहेका छन् । आन्दोलनको चौथो दिन भने सरकार सकारात्मक हुँदै आज ५ बजेका लागि सरकारसँग व्यवसायीहरुको वार्ता कार्यक्रम रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले ऋणको कर्जा बढाएकाले बिरोधमा केही समय यता व्यवसायीहरु सडकमा आन्दोलनरत छन् ।