साताको अन्तिम दिन बढ्यो सुनको मुल्य

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीवार सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो

साताको अन्तिम दिन बढ्यो सुनको मुल्य

काठमाडौं । साताको अन्तिम दिन स्थानीय बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीवार सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी १ हजार २२० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११ ०५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८२९ दशमलव ५८ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बिहीवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८३१ दशमलव ३७ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ४७ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ६० पैसा थियो 

खबरपाटी
खबरपाटी