फेरी बढ्यो अमेरिकी डलरको मूल्य, बिहीबार बाँकि विदेशी मुद्राको कति छ विनिमयदर ?

बिहीबार डलरको मूल्य बढेको छ। आज एक डलरको खरिददर १३० रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ

फेरी बढ्यो अमेरिकी डलरको मूल्य, बिहीबार बाँकि विदेशी मुद्राको कति छ विनिमयदर ?

काठमाडौं । बिहीबार डलरको मूल्य बढेको छ। आज एक डलरको खरिददर १३० रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा तोकिएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ। 

बुधबार एक डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएकोमा २४ पैसाले डलर मंगिएको हो।

बिहीबारको लागि एक युरोको खरिददर १३८ रुपैयाँ ६ पैसा  र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ चार पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसा तोकिएको छ।

त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६  रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६  रुपैयाँ ८७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ २२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँमा दुई पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ पाँच पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ चार पैसा पाइन्छ।

बिहीबार  कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ११  पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६  पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ सात पैसामा किनबेच भएको छ।

खबरपाटी
खबरपाटी