ईङवा हाइड्रोपावर लिमिटेडले आज (फागुन २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिने सेयरमा ताप्लेजुङ्ग जिल्लको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा न. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन पाइने छ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।
कम्पनीको आईपीओमा प्रभावित क्षेत्रका बासिन्दाहरुले आगामी चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कहाँबाट भर्न सकिन्छ ?
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि(आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।