अर्थमन्त्री राजीनामाको बजारमा सामान्य असर, ३ अंकले घट्यो बजार

७१ कम्पनीको शेयर मूल्य बढ्दा १३५ कम्पनीको शेयर घटेको छ । बाँकि ११ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

अर्थमन्त्री राजीनामाको बजारमा सामान्य असर, ३ अंकले घट्यो बजार

काठमाडौं । एमालेले सरकार र समर्थन फिर्ता लिएसँगै गती लिएको बजार पुन घटेको छ । सोमबार शेयर बजार परिसूचक नेप्से ३ दशमलव ६५ अंकले घटेर २०२३ दशमलव ५४ अंकको विन्दुमा बन्द भएको छ । राजनीतीक अस्थीरताका कारण शेयर बजारको आकर्षण सँगै कारोबार रकममा पनि गिरावट आइरहेको छ । 

सोमबार २५९ कम्पनीको ३७ हजार ३३८ पटकको कारोबारमा ५१ लाख २० हजार ८८८ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको छ । 

स्वाभीमान लघुवित्त र समलिङ्गी पावर कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ भने राप्ती हाइड्रोको शेयर ६ प्रतिशतले घटेको छ । 

आज हिमालयन डिष्ट्रिलयरीको सर्वाधिक १ हजार ३० पटकको कारोबारमा ६ करोड ६८ लाख ८ हजार ६७६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ । 

कुल २५९ कम्पनीको कारोबार भएकोमा ७१ कम्पनीको शेयर मूल्य बढ्दा १३५ कम्पनीको शेयर घटेको छ । बाँकि ११ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।  

खबरपाटी
खबरपाटी