आठौँ संस्करणको बिल्डकन एक्स्पो भब्यताका साथ सम्पन्न

एक्स्पोमा १५० भन्दा बढी स्टल रहेका थिए ।

आठौँ संस्करणको बिल्डकन एक्स्पो भब्यताका साथ सम्पन्न

काठमाडौं । फागुन ११ गते बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोमा आगन्तुकहरुको बाक्लो उपस्थितिका आज सम्पन्न भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा भएको एक्स्पोको बिहीबार शहरी विकासमन्त्री विक्रम पाण्डेले उद्घाटन गरेका थिए ।

निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा र यस क्षेत्रमा आउने नयाँ(नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोमा १५० भन्दा बढी स्टल रहेका थिए ।

नु प्लास्ट प्रा.लि का प्रबन्धक निर्देशक ऋिषी राज मोर भन्छन, एक्स्पो डिजिटल मार्केटिङको भौतिक रुप हो । नेपालमा २५ भन्दा धेरै पाइप बनाउने कम्पनी रहेता पनि मात्र ४ कम्पनीहरुले यस एक्स्पोमा भाग लिएका छन् । यसलाई औद्यिगीकरण र व्यापार र ग्राहक बिचको दुरीलाई छोट्याउने बाटो रहेको बताएका छन् । र यो सँगै एक्स्पो सफल रहेको जिकिर गरेका छन् । 

प्रदर्शनीस्थालमा निर्माण व्यवसायसँग सम्बन्धित छड, काष्ठ सामग्री, अलुमिनियम उत्पादन, सिमेन्ट, ब्याट्री, तथा जेनेरेटर निर्माण रसायन वाटर प्रुफिङ, फ्लोरिङ तथा पार्केटिङ, लिफ्ट, रंग, मार्बल, प्लम्बिङ, फिटिङ, टाइल तथा बाथरुमका सामान, पिभीसी, यूपिभीसी, छाना, लाइट तथा प्रिफ्याबलगायतका विभिन्न सामग्री, उपकरण, डिजाइन तथा परामर्श सेवासम्बन्धित लगायतका १५० भन्दा बढी स्टल राखिएका थिए ।

खबरपाटी
खबरपाटी