आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज काठमाडौँको थलीस्थित फ्लावर फार्मको अवलोकन गर्नुभएको छ।अवलोकनका क्रममा उहाँले पुष्पखेतीको अवस्था, फूल उत्पादन प्रक्रिया तथा व्यावसायिक सम्भावनाबारे जानकारी लिनुभएको हो।
फार्म अवलोकनका क्रममा मन्त्री चौधरीले गुलाबलगायत विभिन्न प्रजातिका फूलको उत्पादन, खेती प्रविधि र पुष्प व्यवसायकासम्भावनाबारेचासो व्यक्त गर्नुभयो।
नेपालमा पुष्पखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने सम्भावनाबारे समेत उहाँले जानकारी लिनुभएको थियो।
उक्त अवलोकन भ्रमणमा माननीय करिष्मा कठरिया पनि सहभागी हुनुहुन्थ्यो।
भ्रमणले पुष्पखेतीको वर्तमान अवस्था बुझ्न तथा यस क्षेत्रको व्यावसायिक सम्भावनाबारे जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।