रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं - नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
पार्टीको राष्ट्रिय भेला उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै ओलीले भने 'सरकारले एमालेमाथि निर्मम हमला गरेको छ। अब सरकारले फेरि हमाल गर्न सक्छ। त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महङ्गो पर्न सक्छ ।'
आफू गिरफ्तार हुँदा सयौं कार्यकर्तामाथि निर्मम ढङ्गले कुटपीट गरेको औंल्याउँदै अध्यक्षा ओलीले थपे- 'पहिले गिरफ्तार हुँदा सङ्ख्यामा केही कमी भयो होला। अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनु पर्छ । सबै तयार हुनू। यो सरकारले कुनबेला के गर्छ भर छैन ।'