टर्की - जलवायु परिवर्तनको असरबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति नभई न्याय र क्षतिपूर्ति पाउनुपर्ने मागगर्दैनेपालीहरूले टर्कीको आन्ताल्यामा प्रदर्शन गरेका छन्।
रसुवा–भोटेकोशी बाढीका पीडितहरूको सम्झनामा आयोजित प्रदर्शनमा सहभागी नेपालीहरूले जलवायु संकटका लागि बढी जिम्मेवारराष्ट्रतथा पक्षहरूले प्रभावित देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्।
प्रदर्शनस्थलमा बाढीमा बेपत्ता भएका आफन्तको शवसमेत फेला नपरेको पीडा दर्शाउन चारवटा शवका नमुना राखिएका थिए।तीनमुनामार्फत बाढी तथा जलवायुजन्य विपद्ले निम्त्याउने मानवीय क्षति, परिवारले भोग्नुपर्ने पीडा र बेपत्ता आफन्तको अन्तिमसंस्कारसमेतगर्न नपाउने अवस्थालाई प्रस्तुत गरिएको थियो।
प्रदर्शनमा सहभागी नेपाली युवाहरूले ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’ र ‘ऋण होइन, क्षतिपूर्ति चाहिन्छ’ लगायतका नारा लेखिएकाप्लाकार्डप्रदर्शन गरेका थिए। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालले भोगिरहेकोभन्दै उनीहरूलेप्रदूषणका लागि बढी जिम्मेवार पक्षले आर्थिक दायित्व वहन गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा एक दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूले नेपालको जलवायु न्यायसम्बन्धी मागप्रति ऐक्यबद्धता जनाएका थिए।उनीहरूले जलवायुपरिवर्तनबाट जोखिममा रहेका समुदाय तथा देशका आवाजलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्राथमिकतादिनुपर्नेमा जोड दिएका थिए।
प्रदर्शनमा वक्ताका रूपमा सहभागी पेमा वाङ्मो तामाङले नेपाललाई सहानुभूति नभई न्याय आवश्यक रहेको बताउँदै जलवायुसंकटसिर्जना गर्नेहरूले त्यसको मूल्य चुकाउनुपर्ने धारणा राखेकी थिइन्।
नेपाली वक्ताहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता देशलाई थप ऋणको भार बोकाउनुको सट्टा प्रदूषणका लागि जिम्मेवारराष्ट्रतथा पक्षहरूले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका थिए।
उनीहरूले जलवायु संकटलाई वातावरणीय समस्याका रूपमा मात्र नभई न्याय, मानवअधिकार र मानवीय अस्तित्वसँग जोडिएकोविषयकारूपमा उठाएका थिए।
यसैबीच, प्रदर्शनका क्रममा रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेतआयोजनागरिएको थियो।
आन्ताल्यामा भएको यस प्रदर्शनले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि गम्भीर असर भोगिरहेका नेपालजस्ता देशको जलवायुन्याय,क्षतिपूर्ति र प्रभावित समुदायको अधिकारसम्बन्धी आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा थप मुखर बनाएको छ।