ऊर्जा क्षेत्रको विकास र दीर्घकालीन ऊर्जा सुरक्षाका लागि विश्व बैंकसँग सहकार्य बढाउने मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रको विकास र दीर्घकालीन ऊर्जा सुरक्षाका लागि विश्व बैंकसँग सहकार्य बढाउने मन्त्री श्रेष्ठको जोड

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा दिगो विकास र ऊर्जामा आधारित अर्थतन्त्रनिर्माणकालागि विश्व बैंकसँगको सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।

विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता,जलविद्युत्आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षालाई प्राथमिकतामाराख्नुपर्नेबताउनुभएको हो।

भेटका क्रममा उहाँले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीलाई सम्भावित प्राकृतिक विपद्बाट सुरक्षित राख्नजोखिममाआधारित योजना, संस्थागत समन्वय र प्रभावकारी पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, बहुप्रकोपीय पूर्वसूचनाप्रणाली,जल तथा मौसम अनुगमन, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री श्रेष्ठले नेपालको बढ्दो विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत तथा क्षेत्रीय विद्युत् व्यापारलाई ध्यानमा राखेर दीर्घकालीनविद्युत्उत्पादन योजना बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले प्रसारण तथा वितरण पूर्वाधारमा लगानी विस्तार गर्दै ग्रिडका अवरोधहटाउने,विद्युत् निर्यात क्षमता बढाउने र प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो।

त्यस्तै, ऊर्जा सुरक्षाका लागि जलविद्युत्मा मात्र निर्भर नभई सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको सन्तुलित विकास गर्नुपर्नेविषयमापनि छलफल भएको थियो। मौसमी विद्युत् उपलब्धताको व्यवस्थापन, ऊर्जा भण्डारण र ग्रिडको लचकता बढाएर आन्तरिकतथा औद्योगिकक्षेत्रमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

भेटवार्तामा विकास साझेदारसँगको सहकार्यलाई व्यवस्थित र परिणाममुखी बनाउने मन्त्रालयको योजनाबारे समेत छलफल भएकोछ।विकास साझेदारका कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतासँग जोड्दै स्पष्ट लक्ष्य, समयसीमा र मापनयोग्य उपलब्धिमा आधारितबनाउनसमन्वय संयन्त्र निर्माण गर्ने तयारी रहेको मन्त्री श्रेष्ठले जानकारी गराउनुभयो।

नेपाल सरकार र विश्व बैंकबीच आगामी सहकार्यलाई समयसीमा तथा उपलब्धिमा आधारित कार्ययोजनामार्फत अघि बढाउनेविषयमापनि छलफल भएको छ।

विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको विस्तार तथा ऊर्जा क्षेत्रकोदीर्घकालीनआर्थिक र सञ्चालनगत स्थायित्वलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने समझदारी भएकोजनाइएको छ।

खबरपाटी
खबरपाटी