हिउँदमा नेपाललाई ३५० मेगावाट विद्युत् दिन भारत सहमत, थप ५६ मेगावाट निर्यातको पनि अनुमति

हिउँदमा नेपाललाई ३५० मेगावाट विद्युत् दिन भारत सहमत, थप ५६ मेगावाट निर्यातको पनि अनुमति

काठमाडौं - भारतले आगामी हिउँदयाममा नेपालको विद्युत् माग व्यवस्थापनका लागि ३५० मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ।ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलपछि भारतले नेपाललाई उक्त परिमाणमा विद्युत् आयात गर्न अनुमति दिएको हो।

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले आज ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेट गरी भारतले हिउँदयाममा नेपाललाई३५०मेगावाट विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउनुभएको हो।

मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनका अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको विद्युत् उत्पादन तथाप्रसारणपूर्वाधारमा क्षति पुगेकाले हिउँदको विद्युत् मागलाई ध्यानमा राख्दै भारतले आवश्यक विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।

गत भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा पूर्वाधारमा क्षति पुग्दा ४३१ मेगावाट विद्युत्प्रणालीबाटबाहिरिएको छ। त्यसपछि कालीगण्डकी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले समेत विद्युत् पूर्वाधारमा क्षति पुर्‍याएको थियो।विपद्पछि सम्भावित विद्युत् अभाव व्यवस्थापन गर्न मन्त्री श्रेष्ठले भारतबाट विद्युत् आयातका लागि कूटनीतिक तथा प्राविधिकपहलअघि बढाउनुभएको थियो।

यसक्रममा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र मन्त्रीको सचिवालयमार्फत विभिन्न चरणमा छलफल तथा समन्वय गरिएको थियो।विद्युत्आपूर्तिको विषयमा छलफल गर्न प्राधिकरणका सञ्चालक समितिका सदस्यसहित मन्त्रीको सचिवालयका प्रतिनिधि दुईपटकभारतकोनयाँदिल्ली पुगेका थिए।

केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको भेटमा पनि मन्त्री श्रेष्ठले हिउँदयाममा विद्युत् आपूर्तिसहजबनाउनुपर्ने विषय उठाउनुभएको थियो। त्यसअघि भारतीय ऊर्जा सचिवसँग समेत यस विषयमा छलफल भएको थियो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार नेपालले २०८३ मंसिर १ गतेदेखि २०८४ साउन १५गतेसम्मभारतीय बजारबाट विद्युत् आयात गर्न अनुमति प्राप्त गरेको छ।

उहाँले भारतबाट सुख्खायामको पिक आवरमा ३५० मेगावाट विद्युत् आयात गर्न पाउने निर्णयले नेपालको विद्युत् माग व्यवस्थापनतथाआपूर्ति प्रणाली सहज बनाउन सहयोग पुग्ने बताउनुभयो।

यसैबीच, भारतले नेपाललाई ३५० मेगावाट विद्युत् आयातको अनुमति दिनुका साथै थप ५६ मेगावाट विद्युत् निर्यात गर्न पनि स्वीकृतिदिएकोकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा ऊर्जा मन्त्री श्रेष्ठसमेत सहभागी हुने तयारी छ। प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामाभारतबाटविद्युत् आयात तथा निर्यातसम्बन्धी अनुमति प्राप्त भएको हो।

खबरपाटी
खबरपाटी