राष्ट्रिय कर दिवसमा साताव्यापी कार्यक्रम सुरु, उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्था सम्मानित

राष्ट्रिय कर दिवसमा साताव्यापी कार्यक्रम सुरु, उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्था सम्मानित

काठमाडौं – राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा तथा डिजिटल कर सेवाको प्रवर्द्धनगर्नेउद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ।

‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ सुरु भएको कार्यक्रमअन्तर्गत आज आन्तरिकराजस्वविभागमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।

साताव्यापी कार्यक्रमअन्तर्गत करदाता सम्मान, प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया तथा करदाता शिक्षाकार्यक्रमसञ्चालन गरिने विभागले जनाएको छ। विभागअन्तर्गतका कार्यालयले समेत आ–आफ्नो कार्यक्षेत्रका तीन–तीन जनाकरदातालाईसम्मान गर्नेछन्।

त्यसैगरी, करको दायरा विस्तार, करसम्बन्धी स्किम कार्यान्वयन, डिजिटल कर सेवाको प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिकोविकासकालागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कर सचेतनासम्बन्धीडिस्प्लेबोर्डसमेत राखिनेछ।

शैक्षिक परामर्श तथा ओभरसिज कम्पनीलाई लक्षित विशेष कार्यक्रम, उद्योग वाणिज्य संघसँगको सहकार्यमा सचेतना अभियानतथास्थानीय तह र कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षण दिने कार्यक्रम पनि तय गरिएको छ।

सरकारले कर प्रशासनलाई भ्रष्टाचारमुक्त, पारदर्शी, सरल र प्रविधिमैत्री बनाउँदै करको प्रतिफल नागरिकले प्रत्यक्ष अनुभूति गर्नेवातावरणनिर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

 

 

 

खबरपाटी
खबरपाटी